पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..