झापामा माओवादी केन्द्र र एमालेको विजयी सुरुवात

बनियानी (झापा) । झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ । 

jhapa district

बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए । 

त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत पाएका छन् भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहेका छन् । 

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी भए भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा (एमाले)ले २६८ र नेकपा (माओवादी केन्द्र)ले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए  ।

Kantipath Media

यो छुट्टाउनु भो कि..