सञ्चारकर्मी रुपालाई काेठा नदिने घरबेटी तीन दिन हिरासतमा

सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ ।
दलित भनेर रुपालाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले आज उनलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो ।

अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गरिने छ।

रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् ।

आफुमाथी जातीय विभेद भएको उनको गुनासो छ । जाहेरी परेको ३ दिनपछि प्रहरीले प्रधानलाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।को हुन् रुपा सुनारको मुद्दा दर्ता गर्न नमान्ने इनिस्पेक्टर सुवेदी ? यस्तो छ कालो कर्तुत

सञ्चारकर्मी रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

रुपा सुनारलाई छुवाछूत गर्ने प्रधानलाई कारवाही गर्न कांग्रेसद्धारा माग

रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..