ठेक्का लिएर सडक अलपत्र पार्ने कांग्रेस सांसद जिपछिरिङको पोल-पोलमा फोटो !

म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिम दरबाङ जाने सडक कालोपत्रे गर्न ठेक्का लिएर समयमा काम नसक्दा पहिरोले घर खेतमा क्षति पुर्‍याएको भन्दै स्थानीयले ठेकेदारको फोटो झुण्ड्याएर विरोध गरेका छन् । ब्यानर कसले झुण्डाएको हो भन्ने कतै खुलाइएको छैन ।

दोलखाबाट प्रतिनिधिसभाका समानुपतिक सदस्य निर्वाचित कांग्रेस सांसद जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानन्तर कन्स्ट्रक्सनको लामा–समानन्तर जेभीले समयमा काम नगर्दा काम अलपत्र परेको हो ।

लामा समानन्तरले सडक विस्तार गर्न डोजरले भित्ता काटेर अलपत्र छोडेपछि गत वर्ष र यस वर्षको मनसुनजन्य वर्षापछि पहिरोले माथिल्लो क्षेत्रका कम्तीमा १५ घर विस्थापित भएका र सयौं रोपनी धानखेत बगेपछि स्थानीयले कालो पोतिएको ब्यानरमा निर्माण व्यवसायीको फोटो राखेर सडकको विभिन्न खण्डमा झुण्ड्याएका छन् ।

 

 

 

 

 

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..