जसपा अब बाबुराम -उपेन्द्रको : महन्थ-राजेन्द्रले नयाँ दल दर्ता गर्नुपर्ने !

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारीकता भने उपेन्द्र यादव पक्षलाई दिने इजलासले निर्णय गरेको हो । सर्वोच्च अदालतले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको मागबमोजिम आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएको हो ।

जसपाको ठाकुर समूहले आयोगको निर्णयबाट ४० प्रतिशत पनि मत जुटाउन असफल भयो। दल विभाजनका लागि केन्द्रीय समिति र दल दुवैमा ४० प्रतिशत मत आवश्यक हुन्छ। यस्तोमा ठाकुर समूह निरीह सावित भएको हो।

केपी शर्मा ओली नेतृत्वको सरकार हुँदासम्म जसपामा ठाकुर समूह बलियो थियो। तर ओली सरकार ढलेसँगै कांग्रेस र माओवादीसँग मिलेको उपेन्द्र यादव पक्षमा बहुमत सर्‍यो । ठाकुर पक्षमा रहेका सात सांसदले एकै पटक साथ छाडे। उता कार्यकारिणी समितिका सदस्यहरुले पनि धमाधम ठाकुर समूहलाई छाड्दा यादव पक्षले जसपाको आधिकारिकता पाउन सफल भयो।

५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । यस्तै, महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले समर्थन गरेका थिए । निलम्बित सांसदसमेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लगाएसँगै अब सरकारमा जानेछ ।

क. उपेन्द्र पक्ष:
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन

ख. महन्थ ठाकुर समूह
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा।

ग. रेशम चौधरी – तठस्थ

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..