जसपा विवाद : सनाखतका लागि आयोगले बोलायो कार्यकारिणी समितिका सदस्य

निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाका कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको छ। जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन भनेको छ।

बिहीबार आयोगले गठन गरेको इजलासमा भएको सुनुवाइ पछि यस्तो आदेश गरेको हो। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो।

अहिले जसपाको विवाद आयोगमा पुगेको छ। यसअघि आयोगले दुवै पक्षलाई सहमतिका लागि बोलाएको थियो। तर, जसपाका दुवै पक्ष, अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो र उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले मिल्न नसकिने भन्दै कानुन अनुसार निर्णय गर्न भनेका थिए। त्यसपछि आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर सुनुवाइ थालेको थियो। जसपाको कार्यकारिणी समिति र संसदीय दलमा

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..