बाजुरामा ९ जुवाडे पक्राउ

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा १७ हजार ९ सय ७० नगदसहित ९ जुवाडे पक्राउ परेका छन् । घरमा जुवातसा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

आज दिउँसो सदरमुकाम मार्तडी स्थित स्थानीय लक्ष्मण बडुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको एक टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।

प्रहरीको टोलीले गोप्य सुचनाका अधारमा उनहिरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको तुफान डाँडामा उनीहरुलाई जुवाको खालबाट १७ हजार ९ सय ७० नगद रकमसहित पक्राउ गरेको बताए ।

जुवा खेल्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएसंगै आवश्यक कानुनी कारबाही अघि बढाएको छ । कानुन अनुसार जुवा खेल्ने र खेलाउने तथा दर्शकको रुपमा हेर्ने सबैलाई कारवाही गर्ने कानुनी प्रावधान रहेको छ ।

प्रहरी प्रशासन नजिकै खुलेयाम यसरी तास खेल्ने गरेको पाईएकाले प्रहरी संयन्त्र प्रभावकारी परिचालन नभएको ठहर स्थानीयको रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..