अरु दुई अध्यक्षले सरकारमा जान रोकेपछि कमल थापाको बिलौना

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको हो । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने नजरदेखि सरकारमा सहभागी हुनेसम्मको विषयमा दुई धार देखापरेको छ ।

राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् । तीमध्ये कमल थापा एकातिर र लोहनी तथा राणा अर्को धारमा उभिएका छन् । अध्यक्ष थापाले राणा र लोहनीलाई ‘अल्छी घोडा’को संज्ञा दिएका छन् । थापाले दुई वा दुई भन्दा बढी घोडाले तानेको रथ तीव्र गतिमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै यो नैसर्गिक सत्य भएको बताएका छन् ।

अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्रगति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’

स्रोतका अनुसार जेठ १० गतेको भेटमा ओलीले थापालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए भने त्यो ढोका अहिले पनि बालुवाटारले खुला राखेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..