कञ्चनपुरको बेल्डाँडी एमाले विजयी !

भीमदत्तनगर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । 

UML won palpa rampur

आइतबार राति सम्पन्न मतगणनाबाट एमालेका उम्मेदवार धनबहादुर थापा बेल्डाँडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन हजार २१५ मतसहित अध्यक्षमा निर्वाचित भएका थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत प्राप्त गरे

त्यस्तै बेल्डाँडी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कमला कार्की तीन हजार १३७ मत प्राप्त गरेर निर्वाचित भएकी छिन भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्ण गिरीले दुई हजार २७५ मत प्राप्त गरिन। 

पाँचवटा वडा रहेको बेल्डाँडी गाउँपालिकामा कुल आठ हजार ३०७ मत खसेको थियो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा अब सात नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..