कान्तिपुर र अन्नपूर्णका पत्रकारको कस्ताे छटपटी ?

 Kantipur and annapurna२०७६ भदौ १६ गते सोमबार कान्तिपुर अन्तर्गतका सबै सम्पादकहरू बसेको बोर्ड बैठकको मुख्य विषय श्रमजीवी पत्रकारको न्यूनतम तलबमान रहेको थाहा भएको छ । तर, संसदमा पेस भएको मिडिया काउन्सिल विधेयकमा सम्पादकको योग्यता, पत्रकार बन्नका लागि परीक्षाको  ब्यवस्था गर्ने सम्बन्धी प्राब्धान राख्नेबारे पनि केही सम्पादकबीच अनौचारिक छलफल भएको स्रोत बताउछ । विधेयकमा २ वटा विषय संशोधन प्रस्ताव पेस भएपछि बहस सुरु भएको छ । पहिलो सम्पादकको योग्यता, दोस्रो पत्रकारलाई परीक्षाले लिएर मात्र व्यवसाय गर्न पाउनुपर्ने व्यवस्था ।

तर, शर्मा नियुक्तिपछि छापिएको कुनै पनि समाचारमा योग्यताको विषय लेखिएको छैन । परीक्षाको विषय उठाइएको छ । तर, यो हुनुहुँदैन भनेर विरोध गरिएको छ । अबको बोर्ड बैठकमा यसबारे प्रष्ट नीति बनाउनुपर्ने तयारीमा अन्य सम्पादकहरू रहेको बुझिएको छ ।

पत्रकारबीच विरोधाभाषपूर्ण नीति लागू गरेको भन्दै आलोचना समेत बढेको छ । कान्तिपुरले कुनै पनि विषयमा स्नातक पास नगरेको पत्रकारलाई नियुक्ति दिएपनि उसलाई जुनियर तहमा राखेर काम गराउदै आएको छ । सो तह पास गरेको सर्टिफिकेट पेस गरेपछि बढुवा गर्दै उपसम्पादकको नियुक्ति दिंदै आएको स्रोत बताउँछ । 

हामीलाई चाहिं कहिले रिटेनर, कहिले जुनियर सब एडिटर भन्दै तल्लो पोष्टमा काम गर्न लगाइयो । माथिल्लो पदमा त केही हेरिदोरहेनछ, भन्दै कान्तिपुरको क्यान्टिनमा कान्तिपुरकर्मीबीच छेडछाड चल्न थालेको पत्रकारहरू बताउँछन् । 

न्यूनतम पारिश्रमिकको विषयमा भने अध्यक्ष कैलाश सिरोहिया केही सकारात्मक बनेको बैठकमा सहभागी एकजनाले स्रोतलाई जानकारी दिए । ठूला मिडिया हाउसमध्ये अन्नपूर्ण पोष्टले यसअघि नै पत्रकार, कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलबमान उपलब्ध गराइसकेको बताइन्छ ।

कान्तिपुरले सबैको तलब स्केल सरकारले तोकेको उपलब्ध गराउने तयारी भएपनि दशैं अघि लागू हुने कम सम्भावना रहेको बुझिएको छ । दशैंमा सबैलाई पेश्की दिइनुपर्ने हुँदा करोडौं नाफा हुने भएकाले चाडपर्व पछि नै लागू गर्न लागिएको एकजना श्रमजीवी पत्रकारले बताए ।

१३ महिना अघि कान्तिपुरमा ठूलो मात्रामा विदेशी लगानी आयो भन्दै बाहिरिएका प्रधानसम्पादक शर्मालाई कान्तिपुरले २ हप्ता अघि अकस्मात पुनः सम्पादकको जिम्मेवारी दिइ ल्याएको हो । नेकपा अध्यक्ष प्रचण्ड निवासमा भएको लगातारको वार्ता र दवावपछि यस्तो निर्णय भएको विश्लेषण कान्तिपुरका पत्रकार, राजनीतिक क्षेत्र र मिडिया बजारमा छ ।

अन्नपूर्णमा छिटा

कान्तिपुरको सम्पादकीय नेतृत्वको छिटा अन्नपूर्ण पोष्टमा पर्न सक्ने देखिएको छ । सुधीर शर्मासंगै बाहिरिएका पत्रकार अखण्ड भण्डारी पुन कान्तिपुर फर्किने चर्चा पत्रकारबीच चलेको छ । भण्डारी आफैले सुधीर शर्मासंग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको, कैलाश सिरोहियाले भेट्न खोजेको जस्ता प्रतिक्रिया केही निकटस्थलाई सुनाएपछि कान्तिपुर फर्किने संकेत मिलेको हो । भण्डारीको छटपटाहटले अन्नपूर्ण व्यवस्थापन भने आजित बनेको एक पत्रकारले जानकारी दिए ।

त्यसो त, राजनीतिक सन्तुलन मिलाउन सुधीर शर्माले आफ्ना पुराना सहकर्मी राजाराम गौतमलाई कुनै भूमिकामा भित्र्याउन सक्ने चर्चा पनि छ । बरिष्ठ तहका सबैले छाडेपछि चिट्ठा परेर कान्तिपुरको दोस्रो तहमा पुगेका श्रीश भण्डारीले न्यूज रुमको वातावरण झन् खल्बल्याएको भन्दै यसअघि नै पत्रकारहरूले विरोध थालेका थिए । प्रधान सम्पादकमा नारायण वाग्ले हुँदै छानीछानी कांग्रेस निकटका पत्रकारलाई सेवा, सुविधा र जिम्मेवारी दिएको, नयाँ नियुक्तिमा समेत राजनीतिक पूर्वाग्रह राखेको आरोप उनीमाथि लगाइएको थियो । (साँघु साप्ताहिक)

 

Kantipath Media

यो छुट्टाउनु भो कि..