कपिलवस्तुमा माओवादी नेताको हत्यामा श्रीमतीकै संलग्नता : हत्यारा ७८ राउण्ड गोलीसहित पक्राउ

माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको गोली प्रहार गरी श्रीमतीको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ । ३ साता लामो अनुसन्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दिएर पाण्डेको हत्या गरेको प्रहरीको दाबी छ ।

कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमति महिमाबीच ५ वर्षदेखि सम्बन्ध रहँदै आएको थियो । दुवैबीचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान श्रीमतिबीच मनमुटाव आएको थियो ।

दीपक दुवैका लागि समस्या हुन थालेपछि हत्याको योजना बनाइएको थियो । पटकपटक हत्याको योजना बनाउन श्रीमतीले ओमप्रकाशलाई दवाब दिएपछि थेग्न नसकेर घटना गराइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए ।

लामो समयदेखि पाण्डेमाथि गरेको निगरानी र मुभमेन्टका कारण गते जेठ ५ गते राति करिब ११ बजेतिर गोली प्रहार गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–६, गोबरीमा उनीमाथी ३ जनाले गोली प्रहार गरेका थिए । सख्त घाइते पाण्डेको जेठ १० गते शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको थियो । हत्यामा रमजान साह मुसलमान, साकिर अली पखिया र ओमप्रकाश संलग्न रहेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको पेस्तोल खरिद गर्न, ओसारप्रसार र घरमा लुकाइ छिपाइ राख्न सहयोग गर्ने ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्णविर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डे, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरल अली र प्रवीण गुप्ता पक्राउ परेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..