कपिलवस्तुकाे अरुवाखाेलाकाे बिचमा फसेका ८ जना बच्चाकाे सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

कपिलवस्तु विजयनगर गााउँपालिका १ मधनगरा स्थित अरुवाखाेलाकाे बिचमा फसेका ८ जना बालबालिकाहरुलाई सशस्त्र प्रहरी बल बि .ओ.पी जुवावैराठ कपिलबस्तु बाट स.प्र.नि सत्य कुमार बुढाथोकीकाे कमाण्डमा खटिएको ११ जनाकाे प्रहरी टोलीले उनीहरुको सकुशल उद्दार गरेको छ ।

उद्दार गरिएका बालबालिकाहरु कपिलवस्तु जिल्ला विजयनगर गााउँपालिका १ बस्ने १४ बर्षीय निसा मगर , १४ बर्षीय सागर परियार , ७ बर्षीय आकृति परियार , ८ बर्षीय निसा मल्ल , १२ बर्षीय प्रदिप रावत क्षेत्री , १३ बर्षीय आकाश परियार , १२ बर्षीय शक्ति परियार , १३ बर्षीय नैनकला रावत क्षेत्री रहेका थिए ।

गाईबस्तु चराउन गएका बच्चाहरु साँझकाे ४ बजे तिर एक्कासि ठुलाे पानी परे पछि पानीको बहाव बढे सगैँ खाेलाकै बिचमा अलपत्र परेका थिए ।

केहि दिन देखी परिरहेकाे अबिरल बर्षाकाे कारण सबै ठाउँमा खाेला र नदिहरुमा पानीकाे बहाव बढिरहेकाे छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..