मेयर हमालको अर्को दादागिरी : कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटे !

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटेका छन् ।

कृषि विकास निर्देशनालय दिपायलको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत किसानसँग सम्झौता गर्न गएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंह लगायतको टोलीलाई मेयर हमालले अपशब्द प्रयोग गर्दै कार्यालयबाट आज बिहान लखेटेका हुन् ।

‘कृषि निर्देशनालय अन्र्तगतको मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो’, सिंहले भने, ‘कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर चोर भन्दै गाली गर्दै बाहिर पठाए ।’

शनिबार काम गर्न नपाउने भन्दै मेयर हमालले आफुहरुलाई लखेटेको प्राविधिक सहायक जनक बहादुर सिंहले बताए ।नगरपालिकालाई कार्यक्रमका बारेमा दश दिन पहिले नै कार्यक्रमको बारेमा जानकारी दिइसकेको र नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए ।

मेयर हमालले काम गर्न नदिएपछि नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको जानकारी दिए । निर्देशनालयले कृष्णपुरका १५ जना किसानलाई मेसिनरी औजार वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए । नगरप्रमुख हमाल केही दिन पहिले पनि रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोपमा विवादमा तानिएका थिए । File Photo/kantipath

कैलाली ‘रक्सी काण्ड’ : चर्को बिरोधपछि मेयर कर्ण हमालसिहत ४ जनाले सार्वजनिक रुपमा मागे माफी !

मेयर हमालसहित ४ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अत्तरियामा उजुरी, दोषीलाई कार्वाही गर्न माग

यस्ताे छ कञ्चनपुरका मेयर हमालको ‘रक्सी काण्ड’को भित्रि रहस्य, कैलालीमा ‘बाख्रा’ अनुदान

मेयर हमालकाे टाेलीले समाचार र फेसबुक स्टाटस् हटाउन दबाब दिदै कृतिमा गिरिलाई

कान्तिपथबाट प्रकाशित मेयर हमालकाे दादागिरीकाे समाचारप्रति कांग्रेसको गम्भिर ध्यानाकर्षण

काङ्ग्रेसद्वारा हाेटल संचालकलाई धम्की दिने मेयर हमाललाई राजिनामा दिन माग

कृष्णपुरका मेयर कर्णको दादागिरी : राति बन्द होटलमा गएर रक्सी माग्दै, होटल संचालकलाई धम्की

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..