कर्णालीमा माओवादी, कांग्रेस र एमालेको संयुक्त सरकार : एक सिटे राप्रपा प्रमुख प्रतिपक्ष

कर्णालीमा एमालेका तीनजना मन्त्री सरकारमा सहभागिता रहेको छ । एमालेबाट फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिएका चारजना सांसदलाई एमालेको सांसद पदमा पुनर्बहाली गरेपछि एमालेको पनि सरकारमा सहभागिता रहेको हो ।

फ्लोरक्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको हो । बिहीबार सर्बोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलास पुनर्बहाली गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालत एमाले चार सांसदलाई पुनर्बहाली कर्णाली सरकारमा आठजनाको मन्त्रिमण्डलमा एमाले तीनजना, कांग्रेसका दुईजना र माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीनजना मन्त्री रहेका छन् । कर्णालीमा राप्रपाबाहेकका प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैको संयुक्त सरकार बनेको छ । कर्णालीमा राप्रपाकी सोशीला शाही प्रदेशसभा सदस्य छिन, उनि कालिकोटकी हुन् ।

फ्लोरक्रस गरेर विश्वासको मत दिएका कारणले ज्वाला, शाही, थापा र बुढालाई एमाले सांसद पदबाट खारेजी भएको थियो । खारेजी भएको पद बिहीबार सर्वाेच्च अदालतले पुनर्बहाली गरेको थियो । माओवादीका धर्मराज रेग्मीको स्थान पनि खाली छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..