स्थानीय तह निर्वाचन : काठमाडौं मेयरमा गगन

  • काठमाडौं । स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म उम्मेदवार तय गरिसक्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुन सकेन । गत १५ चैतमा बसेको केन्द्रीय समिति बैठकले ७ वैशाखभित्र उम्मेदवार सिफारिस गर्न ७ सय ४४ वटै स्थानीय तहलाई जिल्लामार्फत निर्देशन दिएको थियो । तर, बिहीबारसम्म एउटै स्थानीय तहले पनि उम्मेदवार टुंग्याएर केन्द्रमा पठाएको छैन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

  • District News Kathmandu Mayor gagan thapa

यसरी छानिनुपर्छ कांग्रेसमा उम्मेदवार 

कांग्रेसको निर्णय अनुसार गाउँ, नगर, उपमहानगर र महानगरका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यसम्मका उम्मेदवारको टुंगो वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, सो क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय कार्यसमितिको सभापति पदका निकटम प्रतिस्पर्धीसमेतको सहमतिमा लगाउनुपर्छ ।

सम्बन्धित जिल्लाका सभापति आफनो निर्वाचन क्षेत्रको छनोट समितिमा रहने र छनोट समितिको बैठकको अध्यक्षता क्षेत्रीय सभापतिले गर्ने गरी कांग्रेसले उम्मेदवार छान्ने आधार तय गरेको थियो । उक्त समितिले उम्मेदवार छनोट गरेको जानकारी जिल्लामा पठाउनुपर्ने र जिल्ला सभापतिले उम्मेदवारको मनोनयमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था कांग्रेसले गरेको छ ।

एउटै तहले पनि पठाएन सिफारिस

उम्मेदवार चयनको लागि पार्टीले तोकेको समयभित्र एउटा जिल्लाले पनि केन्द्रमा उम्मेदवारको सूची पठाएको छैन । ‘केन्द्रीय कार्यालयबाट जिल्लालाई बारम्बार ताकेता गर्दै आएपनि अहिलेसम्म एउटा जिल्लाले पनि उम्मेदवारको सूची पठाएका छैनन्’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, –‘उमेदवारको सुचि समयमा नआएपछि पार्टी केन्द्रले ५ दिन थपेर १२ वैशाखसम्म पठाउन पुनः जिल्लालाई निर्देशन दिएको छ ।’ निर्वाचन आयोगमा १६ वैशाखमा उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति हो ।

धेरै आकांंक्षी हुँदा गाह्रो

आकांक्षीहरु धेरै भएकाले टुंगो लगाउन गाह्रो भएको कांग्रेसले जनाएको छ । ‘कांग्रेस धेरै नेता कार्यकर्ता भएको पार्टी हो । धेरै वर्षदेखि स्थानीय चुनाव हुन नसक्दा आकांक्षी धेरै हुनु स्वभाविक हो’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले नयाँ पत्रिकासित भने, ‘नेताको चापले उम्मेदवार छान्न भएको सकसलाई अन्यथा लिन हुँदैन ।’

उपमहानर र महानगरमा झन् सकस

कांग्रेसलाई ३ उपमहानगर ४ वटा महानगरपालिकामा धेरै आकांक्षीबाट उम्मेदवार छान्न धेरै सकस परेको छ । उपमहानगर र महानगरको जिम्मा पनि क्षेत्रीय छनोट समितिलाई नै भए पनि धेरै जनसंख्या हुने यस्ता क्षेत्रमा कांग्रेसको केन्द्रको निर्णय हाबी हुने देखिएको छ । ‘पार्टी केन्द्रको सर्कुलरबाट क्षेत्रलाई नै उम्मेदवारको टुंगो लगाउन भनेका छौं’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘वर्षौसम्म चुनाव नहुँदा आकांक्षी धेरै छन्, अवसर थोरै छ त्यसैले म्यानेज गर्न अप्ठ्यारो परेको छ ।’

काठमाडौं मेयरमा गगन र तीर्थरामको चर्चा

लोकप्रिय युवा नेता गगन थापा र उपमेयर भइसकेका तीर्थराम डंगोल कांगठमाडौंका सम्भावित मेयरका उम्मेदरका रुपमा चर्चामा छन् । नेवार समुदायमा राम्रो पहिचान बनाएका डंगोलको सम्भावना बढी रहेको काठमाडौंबाटै चुनाव जितेका कांग्रेसका एक सांसदले बताए । ‘काठमाडौं महानगर कांग्रेसले गुमाउन चाहने क्षेत्र होइन त्यसैले जित्ने उम्मेदवार उठाउनुपर्छ’ ती सांसद भने, –‘लोकप्रिय युवा नेता गगन नउठे तीर्थराम डंगोलको सम्भावना बढी छ ।’ यद्यपि, उद्योगमन्त्री नविन्द्रराज जोशीको नाम पनि मेयरमा चर्चामा रहेको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..