डिएसपी केसीको निधनप्रति परिसर प्रमुखद्वारा दुख ब्यक्त

कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।

काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।

संगठनभित्र भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको छवि बनाएका केसीको परिसर तथा नेपाल प्रहरीमा सधै अभाव खड्किने परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..