के गृहमन्त्रीले यस्ता कुरामा ध्यान पुर्याउदै प्रहरीमा सुधार ल्याउन पहल गर्लान ?

नेपाल प्रहरीमा गरिनु पर्ने सुधारहरु :

१)हाल नेपाल प्रहरीमा ७९५३७ दरबन्दी भएको मा ६९९६२ मात्र कार्यरत रहि ९५७५ दरबन्दी नै खाली रहेकोले तत्काल भर्नाबाट पुर्ती गर्नु पर्ने।

(२) जनसंख्याको हिसाबमा प्रहरीको दरबन्दी एकदम कम भएको, हाल प्रहरी चौकीमा १३ जनाको मात्र दरबन्दी हुदा प्रहरीको तल्लो निकायले शान्ति सुरक्षा कायम गर्न गाउँ स्तरमा हम्मे हम्मे परेकोमा न्युनतम २५ जना बनाउनु पर्ने।

३) प्रत्येक गाउँपालिकामा प्रहरी निरीक्षकको दरबन्दी बनाइ इप्रका स्तरको जनशक्ति र नगरपालिकामा डिएसपीको दरबन्दी र उपमहानगरपालिका र महानगरपालिका रहेको जिल्लामा एसएसपीको दरबन्दी र संघीय कार्यालयमा डीआईजी र प्रदेश कार्यालयमा एआईजी दरबन्दी कायम गरि सोही अनुशारको जनशक्ति कायम गर्नु पर्ने।

४)सरुवा गर्दा right man in right places को अबधारणा अनुसार गर्ने र ब्याबसायिक अधिकृत हरुलाइ प्रोत्साहित गर्ने।

५) बढुवा लाई पारदर्शी बनाउने एबम कार्यालय मा बसि कामगर्ने लाई भन्दा फिल्ड मा खटिएका अप्रेस्नल अधिकारिलाइ अगाडि लैजाने र काम भन्दा बोलेरै मात्र आफ्नो भुमिका देखाउन खोज्ने लाई निरुत्साहित गर्ने।

६) प्रहरी को पोशाक स्तरिय international quality को बनाउने ताकी फिल्डमा लगाएको सिपाही को कपडा standard देखिँदा त्यसकुरा ले उस्को duty लगायतका कुरामा सकारात्मकता प्रवाह हुने गर्छ।

७) नेपाल प्रहरी को राशन पाँच बर्ष मा १५% वृद्धि ले २४ घन्टा फिल्ड मा खटिने सिपाही को मनोबल नउकास्ने ,न्युनतम सुबिधा समेत दिन नसक्दा र बढुवा मा १५ बर्ष सम्म एउटै पदमा रहनु पर्दा अबसर को खोजी गर्दै धेरै प्रहरी ले जागिर छाड्नेक्रम चलेको ले यस्लाइ रोक्न प्रहरी का सन्तती लाई उच्च शिक्षा निसुल्क ,आवास को ब्याबस्था र खान पुग्ने राशन उपलब्ध गराउने।

८) प्रहरी समायोजन सकेसम्म नगर्ने ,गर्नै पर्दा सई सम्मको दर्जा लाई प्रदेश मा पठाउने र निजामती लाई दिए सरह एक तह बढुवा को पनि प्राबधान राख्ने जस्ले गर्दा तल्लो तहका कर्मचारी को मनोबल उचो गर्न ठूलो भुमिका खेल्ने।

९) कहिले काहीँ काम गर्ने क्रममा भएका सामान्य कमिकमजोरी मा प्रहरी कर्मचारी को संरक्षण नगर्दा उनिहरु हतोत्साहित हुने र अन्यलाई समेत काम गर्न उर्जा को कमि हुने हुदा नियत बस गरिएका गल्ती र कमिकमजोरी बाहेक का कुरामा नेतृत्व बाट संरक्षण गरि जागिरको सुरक्षा को प्रत्याभूत गरिनु पर्ने।

– बिदुर खड्का

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..