annapurna add

police khanal lohani news

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री विगतका आईजीपी भन्दा फरक ढंगले प्रस्तुत भएको खबर छाएको धेरै भएको छैन् । प्रहरीभित्र सकारात्मक सन्देश सहित नेतृत्वमा आएका आईजीपी थापा क्षेत्रीले संगठनको नेतृत्व हाकेसँगै सबै भन्दा बढि प्रचारमा आएको शब्द हो सामुहिक नेतृत्व ।

उनको यो नीतिले संगठनमा उत्साह त ल्यायो तर पछिल्लो समय सिमित र नजिक मानिएका प्रहरी अधिकारीलाई बढुवा र सरुवा बैठकमा राखेर निर्णय हुने गरेको प्रवृतिका बारेमा संगठनका अधिकारीहरु बिच चर्चा सुरु हुन थालेको छ ।

आफुसँग नजिक ठानिएकालाई महत्व दिने अरुलाई पन्छाउने रणनीतिले आगामी दिनमा ठुलो असर पर्नेबारे चिन्ता ब्यक्त हुन थालेको छ । नजिकका प्रहरी अधिकारीलाई सात खत माफ हुने अन्यलाई अनुशासनको पाठले झड्का दिने प्रबृती हावी हुने हो की ? भन्दै यस बिषयमा संगठन भित्र तिब्र चर्चा चल्न हुने गरेको छ । केहि दिन अघि मात्र प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भए ।

प्रहरी प्रधान कार्यालयमा पुस १३ गते बसेको बढुवा समितिको बैठकले वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई एक नम्बरमा डीआईजी बढुवा गर्न सिफारिस गर्यो । एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा भइ पदस्थापना पनि भए । प्रहरी अधिकारीहरु सबै भन्दा अचम्मित दिवेश लोहनीको बढुवामा भए ।

२०७५ साल असोज १७ गते सरकारले ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या तथा संगठित अपराधमा मुछिएका दुई प्रहरी अधिकृकतको निलम्वन फुकुवा गर्यो । गृहमन्त्रालयका तत्कालिन प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उच्च अदालतले विराटनगरबाट साधारण तारेखमा रिहा भएका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्वन फुकुवा गर्ने निर्णय भएको हो ।

त्रिभुवन विमानस्थलबाट भएको ३८ क्वीन्टल बढी सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्याप्रकरणमा उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका उनीहरुविरुद्ध उचित प्रमाण र साक्षी नभेटिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । एसएसपी लोहनी यो प्रकरणमा मुछिनुअघि महानगरीय प्रहरी अपराध महाशाखामा थिए भने एसपी खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए ।

निलम्बनमा परेका एसएसपी दिवेश लोहनी प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक रहेकै कारण अहिले डिआईजी बढुवामा पर्न सफल भएको तर उही प्रकरणमा निलम्बनमा परेर फुकुवा भएका एसपी विकास खनाल भने छायाँमा परेको चर्चा प्रहरी मुख्यालयमा चल्ने गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...