पूर्वप्रधानमन्त्री खनालकाे मिर्गौला प्रत्यारोपण सफल

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालकाे भारतकाे दिल्लीमा मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएकाे छ ।

आज बिहान ९ : ३० बाट सल्यकृया शुरु भएकाे थियाे । करिब ४ घण्टा पछि  सल्यक्रिया सफल भएकाे हाे ।

उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो।

सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ।

केही दिन अगाडि अचानक स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो।

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..