कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताउनुभयो । उहाँले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिनुभयो ।

बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरिद गर्न सकिने र कार्डको पिन÷पासवर्ड सुरक्षित राख्न किसानलाई आग्रह गर्नुभयो । उहाँले एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिनाका साथै राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने बताउनुभयो ।

बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने र केही हदसम्म एमपिओसले बैंकको काम गर्ने जानकारीदिनुभयो ।

बैंकअन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताउनुभयो ।

के हो किसान क्रेडिट कार्ड

विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताउनुभयो ।

आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाताग्राहीले तोकिएको सीमासम्म कार्डमार्फत कोरोबार गर्न सकिने बैंकले उहाँले बताउनुभयो । त्यस्तै आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सकिने तथा कृषि कार्यका लागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिनेछ ।

राहत सामग्री वितरण
समाजसेवी सन्ना गुरुङले यहाँका महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । गत १ असार मा आएको बाढीपहिराले मनाङसँगको सडक सञ्जाल विच्छेद छ । उहाँले विभिन्न सङ्घसंस्था र व्यक्तिको समन्वय र सहकार्यबाट प्राप्त भएको ती सामग्री प्रदान गर्नुभएको हो । ती सामग्रीमा लुगा सेट, झोल औषधि, साबुन र तेल, डायपर्स र वेट टिस्यु, स्वेटर, टाउजर, मास्क, लगायतका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत राहत ल्याइ वितरण गरिएको उहाँले बताउनुभयो । ङिस्याङ गाउँपालिका–९ का सम्तेनडोल्मा गुरुङ भन्नुभयो “विपद्को बेला पैसा भए पनि बालबालिकाका लागि चाहिने आवश्यक सामान किन्न पाइएको थिएन । ती सामग्रीले सहज बनाएको छ ।”

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’् भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाउनुभयो । उहाँले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..