एमाले प्रवेश गरेको १८ दिनमै किशोर प्रधानलाई वायुसेवा निगममा नियुक्ती

kishor pradhan

kishor pradhan

एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको अनलाईनखबरले लेखेकोक छ ।

उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, इश्वर पोखरेल, सुवास नेम्वांग लगायतले एमालेमा स्वागत गरेका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..