एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे खड्क प्रसाद

एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री खड्क प्रसाद ओली शीतलनिवास पुगेका छन् ।

उनी शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए ।

विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..