annapurna add

adhyax olikd

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटबारे नसोच्न आग्रह गरेका छन् । आज दिउँसो बसेको सचिवालय बैठकलाई संबोधन गर्दै ओलीले विद्यमान समस्यालाई छलफलमार्फत समाधान गर्दै जानुपर्नेमा जोड दिँदै पार्टी फुटबारे सोच्न पनि नहुने बताएका हुन् ।

ओलीले लिखित रुपमा प्रतिवेदन पेश गरेको र उक्त प्रतिवेदन अध्ययनका लागि १६ गतेसम्म सचिवालय बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा ओली र प्रचण्डसँगै बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमले आआफ्नो धारणा राखेका थिए ।

१६ गतेसम्म प्रतिवेदन अध्ययन गरेर सोहीबीचमा आवश्यक छलफल तथा भेटघाट गरेर समस्याको निकास खोज्नेबारे आजको बैठकमा छलफल भएको उनले जानकारी दिए । प्रतिवेदनलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रतिवेदनको जवाफको रुपमा व्याख्या गरिएको छ । प्रचण्डको प्रतिवेदनलाई ओलीले आरोप पत्रको संज्ञा दिएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...