सिटी फुकेपछि दौडि हाल्नुपर्छ, ‘अन योर मार्क, गेट सेट, गो’ मा बस्नुस्’

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अबस्थामा बस्न निर्देशन दिएका छन्।

बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।

‘हाम्रो पार्टीका विरुद्ध मोर्चा बनाएरै लागेका छन्, तल्लो तहसम्मै पुत्ला दहन भइरहेको छ,’ ओलीले भने, ‘त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु ‘अन योर मार्क, गेट सेट, गो’ अन्तर्गत गेट सेटको अबस्थामा बस्नुस्।’

उनले सारा पक्ष आफ्नाविरुद्धमा मोर्चाबन्दी बनाएर लडिरहेका बेला आफूहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिए। प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन्।

आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेको बताउँदै उनले सिङ्गो पार्टी पङ्क्तिलाई तयारीमा अवस्था राख्नुपर्ने जिकिर गरे । पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन ओलीले निर्देशनसमेत दिए ।

ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको बताए ।

ओलीले भने– फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् । अध्यक्ष ओलीले जेठ २ को सन्दर्भमा पनि प्रष्ट पारेका छन् । उनले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने बताए । ओलीले भने– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..