ओलीको घात मान्य छैन : प्रवक्ता श्रेष्ठ

NarayanKaji 20190930195706

NarayanKaji 20190930195706

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु संविधान अन्तर्गतको चुनावको पक्षमा भएको बताएका छन्। प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए।

उनले ओली समूहले चुनावमा भाग लिनु ठूलो लोकतन्त्र भएको बताएको भन्दै उनले ओलीले नगर्ने चुनाव घोषणा गरेको बताए। ‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनाव? संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्न?, घात गर्ने चुनाव? उनले संविधानलाई धात गर्न चुनाव हामीलाई चाहिएको छैन।’

उनले आफूहरु सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्षको गर्ने प्रयास गरे पनि हुन नसकेको बताए। उनले संयुक्त संघर्ष नभए पनि कांग्रेस, जसपा, नेकपा सबैको साझा प्रहार सरकारमाथि प्रहार केन्द्रित गरेको बताए।

नेकपा स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी ओलीले जनता बिर्सेर पशुपतिनाथलाई खुशी पार्न लागेको बताएका छन्। तर जिउँदा जनताले नगरेको कल्याण पशुपतिनाथको मूर्तिले कुनै शासकको कल्याण गर्न नसक्ने उनले बताए।

‘हरेक भाषण र मन्तव्यको अन्त्यमा पशुपतिनाथ गुहार्ने राजा वीरेन्द्रको वंशनाश भयो, पशुपतिले बचाएनन्,’ उनले भने, ‘त्यसैगरी हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन पुग्नुपर्‍यो।’ त्यसैले ओलीले पनि पशुपतिनाथको मन्दिरमा सुनको जलारी बनाएर पशुपतिनाथलाई खुशी पार्नुभन्दा बोल्ने जनताको पीडा बुझ्नुपर्ने पन्तले बताए।

उनले तराईका गरिब जनता शीतलहरमा कठ्याङ्ग्रिरहेका र पहाडमा गरिबीका कारण बालबच्चासहित महिलाले नदीमा हाम फालेका प्रसंग उल्लेख गरे। ‘तर प्रधानमन्त्री ओलीले भने देशमा कसैले खान नपाएर मर्नुनपरेको बताउनुभएको छ, योभन्दा ठूलो प्रहसन के हुन्छ?’ उनले भने।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..