annapurna add

oli shress 3

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको दाहालले आरोप लगाए । ‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा-आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’ जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनले बताए । ‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्,’उनले भने,‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।'

अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं,’उनले भने, ‘बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।'

सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो । केही दिनअघि समूहले काठमाडौंमा वृहत् विरोध सभा गरेको थियो । विरोध सभामा मन्चमा आसिन नेताहरूका लागि भव्य सोफा राखिएको थियो । जसको व्यापक आलोचनासमेत भयो । काठमाडौंको विरोध सभामा राखिएका सोफाको व्यापक अलोचना भएपछि बुटवलको सभामा भने सोफा नराखिने भएको छ । अन्तिम समयमा आएर कार्यक्रमका लागि ल्याइएका सोफा हटाएर सामान्य कुर्सी मात्रै राखिएको हो।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...