annapurna add

kp sharma oli 1

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बुधबार पनि सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ ।

बहसका क्रममा कानुन व्यवसायीले तीन घण्टासम्म समय लिन थालेपछि प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि समय निर्धारण गरिदिएका छन् । संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएपछि प्रधानन्यायाधीश राणाले समय तोकिएको जानकारी दिए । उनले वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटमा अफ्नो बहस सक्न भने ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी ओलीले 'छाेरी कुटेर बुहारी तर्साउने' काम गरेकाे बताए । उनले संसद् विघटन गरेर ओलीले नागरिककाे सार्वभाैमसत्तामाथि प्रहार गरेकाे बताए । नागरिककाे सार्वभाैमसत्ताका अगाडि केपी ओली काेही नभएकाे उनले बताए । भण्डारीले भने, 'मेरो सार्वभौमसत्ताका अगाडि ओलिको आधिकार केही होइन ।'

प्रधानमन्त्रीले पार्टीका मान्छेलाई देखाइदिन भन्दै संसद विघटन गरेकाे टिप्पणीगरे । 'श्रीमान्, पार्टीका मान्छेलाई देखाइदिन संसद भंग गर्न पाइन्छ ?', उनकाे प्रश्न थियाे । मंगलबार रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरू शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल र रुद्र शर्माले बहस गरेका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...