annapurna add

ae1da926f79c34e23ca054b8cb24c4c2 w1000 h500 cp

नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई हराएर छाड्ने बताएका छन्।

‘हाम्रै आफ्नै पार्टीको अध्यक्ष र हामी आफैले चुनेको प्रधानमन्त्रीले लोकतन्त्र केही होइन, जनता केही होइन भनेर प्रधानमन्त्रीको सत्तासहित दुनियाँलाई दुत्कारेका कारण हामी अगाडि आउनु परेको छ,’ उनले भने, ‘निरंकुशताको प्रेत फेरि उकल्जिएको छ।’

‘यसअघि पनि राणाले सोधे, महेन्द्रले सोधे, विरेन्द्रले र ज्ञानेन्द्रले पनि हामीसँग सोधे तर नेपालीले नेपालको बाटो रोजे,’ उनले बिहीबार बुटवलमा आयोजित विरोध सभामा भने, ‘राणा र राजाको प्रेतको रुपमा ओलीले सोधेका छन् कुन बाटो रोज्ने भनी अब ओलीको बाटो किमार्थ अघि बढ्न दिने छैनौं।’

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...