annapurna add

KP Sharma Olu

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा हालै जारी प्रतिवेदनलाई पूर्वाग्रहबाट प्रेरित भएको बताएको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको तर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गरेका हुन्।

'उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। प्रमाणित नभएका आधारहीन तथ्य तथ्यांक जुटाएर कुनै अनुसन्धान बिनै मनोगत धारणाबाट अभिप्रेरित छ', उनले भने।

मन्त्री गुरुङले सरकार र सत्ताधारी दललाई बदनाम गर्ने प्रयास स्वरुपमा आएको यो प्रतिवेदनलाई सरकारले अस्वीकार गर्ने बताए। 'ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र तिनमा आबद्ध व्यक्तिहरुको दलीय आबद्धता, तिनको स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न सकिन्नँ', उनले भने।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...