एमाले स्थायी समिति बैठक स्थगित

नेकपा एमालेको आज बस्ने भनेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..