कृपाश्वरको परिवार एमालेमा प्रवेश गरेको निराधार हल्ला मात्रै

नेकपा (एमाले) का केन्द्रिय सदस्य, सरकारका प्रवक्ता, सूचना तथा संचार मन्त्री पार्वत गुरुङ्गले फरक प्रसङ्गको कार्यक्रममा बोलाएर पार्टी प्रवेशको निराधार हल्ला चलाएको भन्दै सहिद परिवारले विज्ञप्ति नै निकालेको छ । हिजो दोलखाको जिरी नगरपालिका ३ को एक कार्यक्रममा दलबल सहित सहभागी हुन पुगेका मन्त्री गुरुङको कार्यक्रममा तत्कालिन नेकपा माओवादी दोलखाका प्रभावशाली नेता तथा सहिद विश्वासकी आमा चित्रमाया दहाललाई स्थानीय चुनाबमा उपमेयर प्रत्यासी भन्दै अतिथि बोलाएर तस्बिरको दुरुपयोग गर्दै पार्टी प्रवेशको भ्रम फैलाएको भन्दै कृपाश्वरका छोरा किशोर कुमार शर्मा दहालले विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित समाचारका अनुसार कृपाश्वरका भाई शम्भु दाहालसहित सवै परिवारले माओवादी केन्द्र परित्याग गरेको उल्लेख छ । विज्ञप्तिमा किशोरले लेखेका छन्, ‘हाम्रो परिवारको अभिभावक आमा चित्रमाया दहाललाई फरक प्रयोजनको कार्यक्रममा बोलाएर पार्टी प्रवेशको निराधार हल्ला चलाउने एमाले प्रपन्चमा कुनै सत्यता नरहेको आम पार्टीका शुभेच्छुक र कार्यकर्तामा अपिल गर्दछौ ।

कार्यक्रममा वहाँलाई पार्टी प्रवेश नभनी स्थानीय चुनाबको उपमेयर भन्दै खादा लगाउनु र पछि तस्बिरको दुरुपयोग गर्दै सहिद परिवार एमाले प्रवेश भन्दै समाचार लेख्नु लेखाउनुले प्रतिगमनको मतियार बनेको एमालेको केपी ओली खेमाको मुखुण्डो उदांगो भएको छ ।’ व्यक्तिको राजनीतिक स्वतन्त्रता विरुद्ध गरिएका यस्ता कुकृत्य निन्दनीय भएको उनले बताए ।

नेता कृष्णप्रसाद दाहालकि धर्मपत्नी चित्रमाया दाहालले आफू नेकपा एमालेमा प्रवेश नगरेको एक बिज्ञप्ती जारी गर्दै स्पष्ट पार्नुभएकी छिन । उहाले आफुलाई अन्य कार्यक्रमको लागि सहभागी गराई षड्यन्त्रात्मक तरिकाले पार्टी प्रवेशको प्रचार गरेको बताउनुभयो । सुचना तथा संचार मन्त्री उपस्थित कार्यक्रममा बोलाइएपछि गएकी दाहाललार्ई फोटो खिचाएर पार्टी प्रवेश गराएको भन्दै एमाले नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनले विज्ञप्तीनै निकालेर आफु एमाले प्रवेश नभएको बताएकी हुन् ।

जिरी नगरपालिका ३ कुथामेमा रहेको कार्यक्रममा आफुलाई बोलाइएको र खादा लगाईदिइएको तथा सोेही क्रममा फोटो पनि खिचेको र एमाले प्रवेश गराएको भन्दै एमाले नेता तथा कार्यकर्ताले हल्ला फैलाउँदै सो फोटो पोष्ट गरेर हिँडेकोमा उनले घोर आपत्ति जनाएकी छन् । उहाँले, नेकपा माओवादी केन्द्रमा रहेर आफ्नो स्वर्गीय श्रीमान र छोराले पुर्याएको योगदान जिवितनै रहेको भन्दै यसअघि पनि आफु माओवादी पार्टीमा रहेको र अब पनि माओवादीनै रहेको बिज्ञप्ती मार्फत जनाउनुभएको छ । जिरी नगरपालिका ३ घर भएको उनी स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिकामा माओवादी केन्द्रबाट उप प्रमुख पदका लागि निर्वाचन लडेकी थिइन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..