जनमोर्चाका निलम्बित सांसद प्रदेश प्रमुखको कार्यालयमा

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका कृष्ण थापाले प्रदेश प्रमुखलाई भेटेका छन् । उनले आफ्नो अदालतमा रहेको मुद्दाबारे जानकारी गराउन आएको बताए । आफूलाई गरिएको कारबाही अवैधानिक भएकाले त्यही जानकारी प्रदेश प्रमुखलाई गराएको बताए । बिहीबार पार्टीको ह्वीप उल्लंघन गरेपछि थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको थियो । विपक्षमा मतदान गर्न जारी गरिएको ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गर्न संसदमा जानकारी गराइएको जनमोर्चाले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदा विपक्षमा मत हाल्ने रष्ट्रिय जनमोर्चाको निर्णय थियो । तर, थापा तटस्थ बसेका थिए । सोही कारण जनमोर्चाले थापालाई कारबाही गरेको हो । उनलाई कारबाही गरिएको जानकारी प्रदेशसभालाई गराइएको छ ।

गण्डकी प्रदेशका विपक्षी दलहरुले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष सरकारको दाबी प्रस्तुत गरेका छन्। प्रदेश सभाका ३१ सांसदले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गरेका छन्। तर २४ घण्टाको समयसिमा सकिंदा समेत प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री नियुक्तिको कुनै तयारी गरेको छैन ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका दुई/दुई र स्वन्तन्त्र एक गरी ३१ सांसदले पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्। प्रस्ताव बुझ्दै प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेसम्म जानकारी दिने बताएकी थिइन् ।

जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जना भए बहुमत पुग्दछ। प्रदेश प्रमुख पौडेलले आज २४ घण्टाको अवधि दिएर संविधानको धारा १६८ (५) को सरकार बनाउन आह्वान गरेकी थिइन्। प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धन नयाँ सरकारको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..