समाजसेवी लक्ष्मण गुभाजूको एउटा अर्थपूर्ण जन्मदिन

युवा नेता एवम् विगुल फाउण्डेशन नेपालका संरक्षक लक्ष्मण गुभाजूको जन्मदिनको सेरोफेरो बनाएर जिरी नगरपालिका वडा १ र २ को ६७ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । कोभिड १९ को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि बिहानबेलुकाको छाक टार्न नसकेका, एकल, बुढाबुढी, बाहु-अामा नभएको बालबालिका र अतिविपन्न घर परिवारका लागि चामल, दाल, नून, तेल, चिनि, साबुन र माक्स प्रती घर ३ हजार बराबरको खाद्यान्न सामाग्री राहतस्वरूप वितरण गरिएको हो ।

समाजसेवी एवम् विगुल फाउण्डेशन नेपालका संरक्षक लक्ष्मण गुभाजू(सुजन) को ३३अौँ जन्मदिनको सेरोफेरो बनाएर दोलखा जिल्ला भरिका अतिविपन्न, बिहान बेलुका छाक टार्न नसकेर महिनौंदेखि चिउरा र सातुको भरमा बसेका घरपरिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गर्ने योजनानुसार १७ गते बिहिवार देखि राहत वितरणको शुरुआत गरिएको विगुल फाउन्डेसन नेपालका अध्यक्ष बिपना श्रेष्ठले बताए ।

राहत विगुल फाउन्डेसन नेपाल, डि.एस.टि नेपाल र अनुग्रह नेपालको सहयोगमा र युवा नेता एबम् विगुल फाउन्डेसनका संरक्षक लक्ष्मण गुभाजू, नेपालकै सुपिरिचित समाजसेवि, इसाई समाज द‍लखाका अध्यक्ष शक्ति पाख्रिन, नेकपा एमाले दोलखा जिल्ला सचिवालय सदस्य एवम् समाजसेवी टहल थामिक‍‍ो पहलमा वितरण गरिएको हो ।
जिरी नगरपालिका वडा नं. १ को अध्यक्ष लाक्पा शेर्पाले भने “गुभाजूको जन्मदिनको सेरोफेरो पारेर अतिविपन्न घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गर्नु अत्यन्तै सर्हानीय कार्य हो ।”

वडा नं. २ को कार्यबाहक अध्यक्ष अाङ्ङिमा शेर्पाले भने “ लक्ष्मण गुभाजूको जन्मदिनको सेरोफेरो बनाएर खान नपाएकाहरूलाई खान दिनु र बाहु-अामा नभएको बालबालिकाले साहर पाउनु नेपालकै उदाहरणीय कार्य हो । यस्तो कार्यको राज्य लगाएत सबैले उचित मुल्यांकन र कदर गर्नु अाबश्यकता छ । ”

समाजसेवी लक्ष्मण गुभाजूले भने “अाफु यस धर्तीमा सामाजिक काम गर्न नै जन्मेको हुँ र अाफ्नो बास्तबिक सुखको सोर् परोपकार रहेको अनि सामाजिक काम गर्न कुनै बार पर्खिनु नपर्ने तर पनि अाफू जन्मेको जिल्लामा कोहि कसै पनि भोकभोकै मर्न नपरोस् भन्ने उद्देश्यले जन्मदिनको सेरोफेरो बनाएर जिल्लाभरि खाद्यान्न लगाएको सामग्री वितरण गरेको र गर्ने छुँ । यो अभियान अफ्नो जीवन रहे सम्म निरन्तर चलिरहने छ ” ।

वि.सं. २०४५ साल असार २४ गते दोलखा जिल्लाको ग्रामीण क्षेत्र साबिकको श्यामा गाविस वडा नं. ६ (हाल जिरी न.पा १ मा जन्मिएका लक्ष्मण गुभाजू साहित्यकार, पत्रकार, युवा राजनीतिज्ञ, समाजसेवी, बौद्धिक र सिर्जनशील कार्यमा सरिक छन् । उहाँ दोलखा जिल्लामा केन्द्रीत रहेर सामाजिक अान्दोलनमा लामो समयदेखि होमिएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..