ज्ञानेन्द्रका महान्यायाधिवक्ता न्यायपरिषदमा सिफारिस

laxmi nirala gyanendraन्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई सिफारिस गरिएको छ । मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता खड्कालाई सिफारिस गरेको हो । बैठकले १० दिनको समय दिएर उनीविरुद्ध उजुरीसमेत आह्वान गरेको छ ।

सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि पदमप्रसाद वैदिकले न्यायपरिषदबाट राजीनामा दिएपछि एउटा पद रिक्त थियो । वैदिक न्यायपरिषदमा सरकारको कोटाबाट सिफारिस भएका थिए । कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएपनि उनी न्यायाधीश बन्न सकेका छैनन् । न्यायपरिषदमै विवाद भएपछि उनी न्यायाधीश नियुक्त हुन नसकेका हुन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..