स्वास्थ्य सामग्री खरिदमा संलग्नलाई कारबाही गर्न अख्तियारलाई लेखाको पत्र

swasthya samagri news

swasthya samagri news

संसद्को सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । समितिले सोमबार दोषीलाई कारबाही गर्न अख्तियारलाई पत्र पठाएको हो । तर, समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको पुसमा नै ठहर गरेको थियो । संसद् विघटन भएपछि समितिले अख्तियारलाई पत्र पठाएको थिएन । संसद् पुनर्स्थापना भएपछि समितिले दोषीलाई कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको हो ।

‘समितिले निर्णय पहिले नै गरेको हो । अहिले अख्तियारलाई पत्राचार गरिएको हो’, समिति सभापति भरतकुमार शाहले भने । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई समितिले खरिद प्रकणरमा प्रस्टीकरण सोधेको थियो । तर, मन्त्री ढकालले चित्तबुझ्दो जवाफ दिएका थिएनन् । मन्त्री ढकालले आफू आर्थिक पक्षमा संलग्न नरहेको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई गलत प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदको ठेक्का दिइएको लेखा समितिको ठहर छ । ओम्नीले तीन लटमा सामग्री ल्याउने गरी करिब १ खर्ब २५ करोड रुपैयाँबराबरका सम्झौता गरेको थियो । ओम्नीले ल्याएको सामग्री पनि गुनस्तरहीन पाइएको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..