लेटरप्याड दुरुपयोग गर्नेलाई कारवाही गर्न माओवादीको माग (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।

‘केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाममा गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन्’, माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु, र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन् ।

यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गरेको छ ।

यस्ताे थियाे लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेकाे………….

प्रेस विज्ञप्ती

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..