सेनाका उपसेनानी दिनेशराज पन्तको ड्युटीको अन्तिम दिन हृदयघातबाट निधन

लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको निधन भएको छ । भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत पन्तको हृदयघातका कारण आज बिहान निधन भएको सैनिक स्रोतले बतायो ।

स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए । भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त आज अन्तिम दिनको ड्युटीमा थिए ।

पन्त नेपाली सेनाभित्र इमान्दार र कर्तब्यनिष्ठ अफिसरको रुपमा गनिन्छन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..