लायन्स क्लब भैरहवा ग्रीन सिटीद्वारा मृगाैला पीडितलाई आर्थिक सहयोग

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले बर्ष २०२१/०२२ काे पहिलाे कार्यक्रम मृगाैला पिडित भैरहवा निवासी प्रविण परियारलाई ५१ हजार रुपैयाँ सहयाेग गर्दै सुरुवात गरेकाे छ ।

सि.न.पा ९ भाग्यपथमा काेठा भाडामा लिई परिवार सहित बस्दै आएका परियारकाे केही महिना अगाडि मृगाैलाले काम गर्न छाडेपछि आफुसँग भएकाे सबै जायजेथा र रकम खर्चेर उपचार गराउदा समेत अहिले सम्म निकाे हुन नसकेकाे कारण परियारलाई यतिबेला मृगाैलाकाे डायालासिस र औषधी खरिद गर्न पनि हम्मे हम्मे परेपछि लायन ईरफान वारिसकाे सक्रियता तथा संयाेजनमा ग्रिनसिटिले आफ्ना सदस्यहरु सगँ आर्थिक रकम संकलन गरि हस्तान्तरण गरेकाे हाे ।

सहयाेग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ ३२५ बिटु का द्वितिय उपगभर्नर पिएमजिफ नबराज न्याैपानेले मानविय सेवामा लायन्सहरुकाे भिडमा ग्रिनसिटिकाे काम उल्लेखनीय रहेकाे बताए । उनले भने, ” स्थापनाकाे पहिलाे बर्षमै मानविय कार्यक्रम गरेकै कारण विभिन्न अवार्ड पाएकाे लायन्स क्लबअफ भैरहवा ग्रिनसिटिले याे बर्ष पनि महत्त्वपूर्ण काम गरेर गत बर्षमा जस्तै रेकर्ड कायम गर्ने विश्वास लागेकाे बताए।

लायन्स क्लब अफ ३२५ बिटु का उपसचिव विजय पाण्डेले मानविय सेवाभावमा प्रेरित भएका सदस्यहरुकाे सहभागिता रहेकाे लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिले प्रविणकाे घरमै पुगि सहयाेग गर्नु उदाहरणिय कर्म भएकाे बताए । उनले भने, ” लायन्स क्लब भैरहवा ग्रिनसिटिकाे टिम याे असारे झरिकाे समयमा पनि विरामिकाे घरमै पुगेर जुन सहयाेग गरेकाे छ त्याे साच्चिकै महत्त्वपूर्ण रहेकाे बताए । यस्तै सामाजिक कार्यले ग्रिनसिटिकाे सदस्यहरुमा थप उर्जा र उत्साह थपिनुका साथै लायन्स डिस्ट्रिकमा समेत हाैसला सृजना गरेकाे बताए ।

बर्ष २०२१/०२२ का अध्यक्ष गाेबिन्द प्रसाद गिरिले लायन्स सामुहिक भावले सञ्चालित हुने हुदा ग्रिनसिटिले यस बर्ष समाजकाे लागि सँगसँगै भन्ने उद्धेश्य राखेकाे बताए । हरेक काम आत्मविश्वासका साथ सबैकाे साथ लिएर सँगसँगै सहकार्य गरियाे भने भने अबश्य सफल हुन्छाै समाजकाे लागि सँगसँगै भन्ने मुल नाराका साथ सामाजिक कार्यमा लागेका अध्यक्ष गिरिले बताए ।

अध्यक्ष गिरिले लायन्स क्लब अफ भैरहवा ग्रिनसिटि गत बर्ष क्यानसर पिडित मनाेज गिरिलाई सहयाेग गरि ६६ जना संस्थापक सदस्य सहित स्थापना भएकाे बताउदै यस बर्षकाे पहिलाे कार्यक्रम पनि आर्थिक अभाबकाे कारण मृगाैला उपचारमा परियारलाई सहयाेग गर्दै शुरुवात गरिएकाे बताए । कार्यक्रम संयाेजक इरफान वारिसले सामुहिक रुपमा गरिने सहयाेग अर्थ पुर्ण हुने हुदा लायन्स ग्रिनसिटिले प्रविणकाे उपचारमा गरेकाे सहयाेग महत्त्वपूर्ण रहेकाे बताए ।

ग्रिनसिटिका सचिव थानेश्वर पाण्डेका सञ्चालनमा पिडित परियारकै घरमा पुगेर सहयाेग हस्तान्तरण गरिएकाे उक्त कार्यक्रममा वडा सदस्य युवराज बराल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी लगायतकाे उपस्थिति रहेकाे थियाे । साे अवसरमा आफ्नाे बैबाहिक बर्षगाठकाे अवसरमा सुरज भण्डारि र शिरा रेग्मी भण्डारि दम्पतिले पनि ५१ सय सहयाेग गरेका थिए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..