annapurna add

पछिल्लो एक दशकमा युवाहरूबीच ‘लिभ इन रिलेसनसिप’ धेरै लोकप्रिय छ । हालै भएको एक अनुसन्धानमा लिभ इन रिलेसनसिपमा रहने व्यक्तिहरूको वैवाहिक र यौनजीवन त्यति आनन्ददायक नहुने देखिएको छ । विवाहअघि एकसाथ हुने प्रेमजोडीमा विवाहपछि यौनसम्बन्धमा त्यति धेरै रूचि नहुने देखिएको हो ।

‘जर्नल अफ सेक्स रिसर्च’ मा प्रकाशित एक रिपोर्टअनुसार लिभ इन रिलेसनसिपपछि विवाहबन्धनमा बाँधिने जोडीमा पहिले जस्तो यौनजीवनमा कुनै मिठास हुँदैन ।

रिपोर्टमा विवाहपछि शारीरिक सम्बन्ध राख्नेहरूको तुलनामा यसरी सँगै बसेर विवाह गर्नेमा यौन चाहनामा उत्सुकता कम हुने गरेको उल्लेख गरिएको छ । करिब १ सय जोडीमा गरिएको शोधमा विवाहअघि पार्टनरसँग यौन सुखको आनन्द लिने मानिस विवाहपछि कम सन्तुष्ट हुन थाल्छन् ।

अध्ययनकर्ताका अनुसार यसको असर जोडीको यौनजीवनमा मात्रै नभएर सिंगो भविष्यको पूरै जीवनमा समेत पर्छ । सन् २०१८ मा जर्नल अफ म्यारिज एन्ड फेमिलीले पनि विवाह पनि सम्बन्धविच्छेद गर्नेहरूमा यसरी लिभ इन टुगेदरमा बस्नेहरू बढी रहेको पाइएको थियो ।

न्युयोर्कका एक सेक्सोलोजिस्ट लोगन लेभकाफले भने, ‘जब दुई व्यक्ति लिभ इन टुगेदरमा आउने निर्णय गर्छन् । त्यस समयमा उनीहरूको सम्बन्धमा उदारचढाव पनि आउँछ । त्यस कारण विवाहपछि उनीहरूमा यौनप्रति रूचि कम हुँदै जान्छ ।’

लिभ इन रिलेसनसिपका क्रममा उनीहरूमा जिम्मेवारीसँगै केही तनाव पनि हुन्छ । शोधअनुसार लामो समय लिभिङ इन टुगेदरमा बसेका जोडीको तुलनामा छोटो समय लिभिङ इन टुगेदर बसेका जोडीमा यौन सन्तुष्टिको मात्रा बढी पाइएको छ ।

तर करिब चार वर्षको समयमा नै उनीहरूको यौनजीवनमा पहिलेको तुलनामा समस्या आउन थालेको देखिएको छ ।

लेवकाफ भन्छन्, ‘कसैसँग बस्नु नराम्रो होइन । नयाँ सम्बन्धको नक्कल गर्नु कुनै नयाँ तरिका होइन । यदि तपाईं लामो समयसम्म एकसाथ बस्नुभयो भने केही बदलाव गर्न सक्नुहुन्छ ? हो, तर यसको मतलव तपाईं अर्को पटक ‘कनेक्ट’ गर्नै सक्नुहुन्न भन्नेचाँहि होइन ।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर