स्थानीय निर्वाचन : ललितपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखमा २४ जना

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखमा २४ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ । 

local election Lalitpur Municipal Corporation

ललितपुरका सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार यही वैशाख १९ गते प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका २९ जनामध्ये बिहीबार पाँच जनाले उम्मेदवार फिर्ता लिएका हुन् । “प्रमुखमा १७ जनामध्ये तीन र उपप्रमुखमा १२ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।”अब प्रमुखमा १४ र उपप्रमुखमा १० जना उम्मेदवार कायम छन् । 

यस्तै वडाध्यक्षमा छ र वडा सदस्यमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महानगरपालिकामा मात्रै एक लाख १३ हजार नौ सय २३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कुल २९ वडा रहेको महानगरमा एक सय ३२ मतदान केन्द्र छन् । महानगरपालिकाका वडाध्यक्षमा एक सय ६४, महिला सदस्यमा एक सय २९, दलित महिला सदस्यमा ५४ र खुला सदस्यमा दुई ६३ जनाले उम्मेदवारी दिएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..