स्थानीय तहमा कर्मचारी अभाव

तेज बराइली फक्ताङलुङ । फक्ताङलुङ गाउँपालिको आयोजना र नेपाल पत्रकार महासघको सहजीकरण शुक्रबार गाउँपालिका कार्यलय तापेथोकमा सम्पन्न सार्वजनिक सुनुवाइमा बोल्दै अध्यक्ष सरोज लिम्बूले संविधान कार्यन्वयनको नयाँ अभ्यासमा समस्या रहेको बताए ।

हाल संघ, प्रदेश र स्थानीय हतमा कर्मचारी अभावको कारण कार्य सम्पादनमा समस्या रहेको छ । भौगोलिक रुपमा नेपालकै तेस्रो ठुलो गाउँपालिका फक्ताङलुङ गाउँपालिकामा पनि कर्मचारी अभावकै कारण कार्यसम्पान सन्तास जनक नभएको कारण यस तर्फ जन गुनासो बढेको भन्दै जनप्रितिनिधि बाटै सम्पुर्ण काम गरीनु पर्ने बाध्यता छ तर कार्यबिधिमा जनप्रितिनिधिलाई त्यो अधिकार नभएको बताए ।

संघीय सरकारले तत्काल कर्मचारी खटाएर नपाठाए सम्म जनप्रतितिनिधिले समस्याको सामाधान गर्ने सम्भावना नरहेको भन्दै राज्य र केन्द्रीय सरकारको ध्यानाकर्षरण गरे । देश जनता र संविधानको मूल भावअनुसार काम गर्न सफल भएको स्मरण गर्दै स्थानिय सरकार संञ्चानलन ऐन हु बहु लागु गर्नु पर्ने स्पस्टताको साथ सुसासन कार्यसम्पादन गर्ने प्रतिबधता व्यक्त गरे ।

२ बर्षको सिकाई अनुभवमा संवैधानिक अधिकार भन्दा माथी जान नपाइने कुराले गर्दा कतिपय समस्या समाधानको कार्यमा ढिलासुस्त भएको जानकारी गराउदै समानताको दृष्टीकोण बाटकाम भएको लिम्बूले दाबी गरे । शिक्षा क्षेत्रमा विद्यालयहरुमा रहेको डाटाहरु यथार्थ नभएको अनुगमन बाट सुचना भएकाले चेतानाको विकास अहिलेको मुख्य आबस्यकता भएको तर्फ ध्यानाकर्षण गर्दै शिक्षा क्षेत्रमा विकासको लागी नयाँ सबल निति तथा कार्यक्रम ल्याउने साथै विद्यार्थीहरुको प्रोत्साहनको लागि गाउँपालिकाका आधारभूत विद्यालयहरुमध्ये बाट उत्कृष्ट १ छात्र र १ छात्रालाई पुरस्कार प्रदान गर्ने तयारी भएको लिम्बूले बताए ।

सञ्चार क्षेत्रमा भने राम्रो विकास भएको छ यस आर्थिक वर्षमा पनि घुन्सामा टावर निर्माण कार्य भइरहेको र गाउँपालिकाको समग्र विकासे कार्य सन्तोष जनक भएको दावीका साथ आगामी दिनमा पनि जनताको साथ सहयोगको आबस्यकता छ लिम्बूले भने ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा विभिन्न संञ्चार गृह तथा पत्र-पत्रिका र टेलिभिजनको सञ्चार कर्मीहरुको साथै स्थानीय जनप्रतिनिधि लगाउत सर्बसाधारण सारोकारवालाहरुको उपस्थिति रहेकाे थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..