काठमाडौँमा एक हप्ता थपियो खुकुलो निषेधाज्ञा : के के गर्न पाईने ? (आदेशसहित)

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार भोलिबाट एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

बैठकले २५ सिट वा सोभन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सञ्‍चालन गर्ने निर्णय गरेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने जनाइएको छ। सभा सम्मेलन, भोज, विवाहलगायत कार्य तथा मनोरञ्जन, होटल, पार्टी प्यालेस, शिक्षण संस्थालगायत क्षेत्रमा जारी कडाइलाई निरन्तरता दिइएको छ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन। पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..