भाेकाे पेटकाे साहारा बन्दै मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी

रिया बस्नेत,रुपन्देही ,२८ जेठ । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको रैनादेबी छहरा गाँउपालीका वडा न. ७ स्थित गहते, काउले , चिदिपानी , लौतपानी , सुकादमार र बल्ढेङ्गमा रहेका अति विपन्न असाहय र गरिब परिबारका ६८ घर धुरिलाई खाद्यान वितरण गरेको छ ।

पछिल्लाे समय काेराेना महामहारिले पारेकाे असर र लकडाउका कारण गरिखाने गरिब परिवारहरुलाई बिहान साझँ छाक टार्न निकै गाराे परिरहेकाे छ ।

कतिपयकाे घरमा त चुलाे समेत बाेलेकाे छैन यसलाई कम गर्न र कुनै पनि व्यक्ति गरिबिकाे कारण भाेकै बस्न नपराेस भन्ने मुख्य उद्धेश्यले भैगाेलिक बिकट र गरिब बस्तीहरुमा खाध्ययान बितरण अभियान सुरु गरेकाे यसै संस्थाकाे लुम्बिनि प्रदेश संयाेजक लता खड्का बताउँछिन । खाध्ययानमा जस अन्तर्गत चामल,दाल,नुन, तेल, स्वाविन लगाएत छन ।

एक लाख तिस हजार बराबरको खाद्यान्न सामाग्री प्रदान गरिएको छ भने किशोरी तथा गर्वभती भएका ८ जना महिलालाई लाई स्वास्थ्य तथा सरसफाई सामाग्री समेत बितरण गरिएको
छ ।

राहत वितरण अभियानमा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरन्जीव नेपालले पनि २५ हजार रुपैयाँ सहयोग गरेका थिए। भने सोहि स्थानमा जन्म भइ हाल यु.के.मा रहनु हुने भोज बहादुर लम्तरी, सोहि स्थानमा जन्म भइ हाल चितवनमा बस्नु हुने कल्पना खड्का, पाल्पा बल्ढेङ्गगढीमा जन्म स्थान भई विभिन्न स्थानमा बस्दै आएका व्याक्तिहरुकाे सहयोग र सौजन्य गरेकाे मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

राहात तथा स्वाथ्य सामग्री वितरण कार्यक्रममा मेचि महाकाली बुहारी संयुक्त आवाज रूपन्देही,कपिलबस्तु, पाल्पा शाखाको संयोजकत्वमा भएको हो। मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, वडा न. ७ का वडा अध्यक्ष लोकेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज नारायणी अञ्चल सल्लाहकार तथा समाजिक व्यक्तित्व कल्पना पौडेल खड्का, युवा नेता झपेन्द्र रायमाझी कपिलबस्तु संयोजक चन्द्रा अर्याल लगाएतका व्याक्तिहरूले मन्तब्य राखेको लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिस्टले जानकारी दिईन ।

यो भन्दा पहिला पनि उक्त ठाउँमा रहेको गहते मा बि. मा यसै संस्थाकाे लुम्बिनि प्रदेश संयाेजक लता खड्काले साेहि संस्थाकाे नाम बाट उक्त स्कुलमा अक्षय कोष तथा बिध्यार्थी हरुलाई आबाश्यक स्टेसनरि र व्याग बितरण गरेकाे थिईन ।

भौगोलिक रूपमा बिकट रहेका गाउँहरूमा सहयोग गर्ने संस्थाको मुल उद्धेश्य अन्तर्गत उक्त स्थानमा सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष यमु शर्मा सुब्वाले जानकारी दिईन ।

रूपन्देहीका सदस्य इश्वरी पन्त भुषालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन भने रूपन्देही शाखाका सह- सचिब इन्द्र बि.क ले गरेकी थिईन ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..