एमाले बैठक बस्दै : ओली र नेपालको फोन वार्ता, सहभागिता अन्योल !

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा नेता माधव नेपालबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच बिहीबार राति टेलिफोनमा कुराकानी भएको हो ।  ओलीले आज बस्ने केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल समूहलाई पनि सहभागी गराउन प्रयास गरिरहेको र सोही अनुरुप कुराकानी भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि हिजो बसेको माधव नेपाल समूहको बैठकले आज बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले आजका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । एमालेले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटी बोलाएका हो ।

एमालेको माधव नेपाल समूह भने आज बस्ने बैठकमा सहभागी नहुने भएको छ । सो समूहको हिजो बसेको बैठकले आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।  अध्यक्ष केपी ओलीले एकताका लागि हासिल उपलब्धिलाई अवरोध पुर्‍याउने गरी निर्णय लिएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको एमाले नेता योगेश भट्टराईले बताए । नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावलीविपरीत बैठक आयोजना भएकाले सहभागी हुन नसकिने उनको भनाइ छ ।

अध्यक्ष ओलीले नवौँ महाधिवेशनको विधानलाई लत्याएको निष्कर्ष त्यस समूहको छ । महाधिवेशन आयोजक कमिटीले एमालेबाट चार र माओवादीबाट एमालेमा प्रवेश गरेका चारजनालाई स्थायी कमिटीमा ल्याएको छ । यो निर्णय नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीको बैठकमार्फत नै हुनुपर्ने माधव नेपाल समूहको अडान छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..