प्रचण्ड र माधव नेपालबीच छलफल जारी

prachanda andmadhab kumar nepal

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन्। केहीबेरअघि प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। प्रचण्ड संलग्न गठबन्धनको सरकारलाई समर्थन गर्ने या नगर्ने, विश्वासको मत दिने या नदिने भन्नेमा नेपाल पक्षले ठोस निर्णय निकाल्न नसकेका बेला प्रचण्ड नेपाल निवास पुगेका हुन्। नेपाल गठबन्धनबाट अझै छुट्टिएका छैनन्।

पछिल्लो गठबन्धनको बैठकमा उनले आफ्नोतर्फबाट प्रतिनिधिका रुपमा डा. विजय पौडेललाई पठाएका थिए। एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ ।

एमालेको असार १८ र १९ मा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल समूहलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर ओलीको अल्टिमेटमको कुनै अर्थ भने भएन।

तर त्यस अवधिमा देउवालाई दिएको समर्थन फिर्ता भएन र एमालेको सरकार सर्वोच्च अदालतको परमादेशबाट विस्थापित भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भने पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै रोकिएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..