११ सांसदलाई स्पष्टिकरण : समानुपातिकलाई कारबाही, अरुको नाडी छाम्ने प्रयास

नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ । माधव नेपाल पक्षका एक सांसदका अनुसार समानुपातिक सांसदलाई कारबाही गरेर अरुको नाडी छाम्ने प्रयास भएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..