माधव नेपाललाई सुरक्षा थ्रेट : प्रहरीले बढायो सुरक्षा

नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी ओली समूहबाट एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहमाथि सुरक्षा थ्रेट बढेको निस्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ । ओलीनिकट राष्ट्रिय युवा संघ नेपालका गतिविधी माधव नेपाल समूह लक्षित भएपछि प्रहरीले यस्तो निस्कर्ष निकालेको बताईन्छ । नेकपा एमालेको विवाद उत्कर्षमा छ । यस्तो अवस्थामा माधव समूहका नेता र सासंदमाथि ओली समूहबाट आक्रमण हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ ।

प्रहरीले राजनीतिक घटनाक्रम लगायतलाई मध्यनजर गर्दै विगतभन्दा अहिले सूचना संकलनमा समेत तिव्रता दिएको छ । जसका लागि सादा पोशाकका प्रहरीसमेत विगतभन्दा बढी संख्यामा खटाइएको छ ।

संसद पुर्नस्थापना भएसँगै ओली समूह माधव समूहविरुद्ध निरन्तर प्रर्दशन गर्दै आएको छ । ओलीले वालुवाटार छाडेकै दिन माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । लगत्तै ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका थिए ।

उनीहरुले माधव नेपालको निवास घेराउ गर्ने योजना बनाए पनि प्रहरीले असफल पारेको थियो । युवासंघका केहि नेता र त्यसका इन्चार्ज महेश बस्नेतले लगातार प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा र एमाले वरिष्ठ नेता माधव नेपालको पुत्ला दाहाल र प्रदर्शन गर्दै आएका छन् । उनीहरु विरुद्ध केहि कानुन व्यवसायीले अदालतको अवहेलनाको मुद्धा दर्ता गर्ने तयारी गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..