माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

madhab kumar nepal

madhab kumar nepal

माधवकुमार नेपाल पक्षधरका नेकपा एमालेका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा नेताहरू भेला भएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।

नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..