चपली हाइट वार्ताको ब्रिफिङ गर्दै माधव नेपाल : नयाँ मन्त्री र कार्यदल सदस्यको छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठक बसेको छ। बैठकमा नेता नेपालले हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग बूढानीलकण्ठस्थित चपली हाइटमा भएको वार्ता र सहमतिबारे आफू पक्षीय नेताहरुलाई ब्रिफिङ गराएका छन्।

कोरोना भाइरसका कारण आजको बैठक अनलाइनमार्फत् बसेको नेपाल पक्षका एक नेताले जानकारी दिए। ती नेताका अनुसार आजको अनलाइन बैठकमा २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी कार्यदल बनाउन लागिएको छ ।

यस्तै, नेता नेपालले आज दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेर कार्यदल पेश गर्ने बताइएको छ। आफू निकट शीर्ष नेताहरुसँगको बैठकपछि केन्द्रीय सदस्यहरुसित बैठक राखेका छन् । दिउँसो २ बजे केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठक राखेका हुन् । सम्भवत बैठकमा माधव नेपालले आफ्नो पक्षबाट मन्त्री बनाउने नेताको पनि छलफल गर्नेछन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..