दुःखका साथ भन्नुपर्छ, अब सकियो !

नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् । सिंहदरबारमा भेला हुन पुगेका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् ।

बैठकमा सहभागी हुँदै गर्दा एमाले नेता झपट रावलले पत्रकारहरुसँग कुरा गर्दै अब पार्टी सकिने अवस्थामा पुगेको बताए । अहिले माधव नेपाल समूहको बैठक बसिरहेको छ ।

“हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौँ । केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन । एकताभन्दा भाँड्ने काम भयो । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए । अब सकियो ।”

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..